दिक्तेल बजारमा तीन दिने ‘राष्ट्रिय बाँस सम्मेलन’
deshsanchar.com · Fri Nov 29 17:16:21 GMT 2024

खोटाङ – जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आगामी फागुन दोस्रो सातादेखि तीन दिने ‘राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गरिने भएको छ। बिना उपयोग खेर गइरहेका बाँसलाई जीवन उपयोगी बनाउँदै बाँससम्बन्धी उद्योगहरू सञ्चालनमा ल्याएर नगरवासीका लागि रोजगारी सिर्जना गर्ने उद्देश्यले फागुन–१५, १६ र १७ गते दिक्तेल बजारमा राष्ट्रिय बाँस सम्मेलन गर्न लागिएको हो।
नेपालमा खेर गइरहेका बाँसलाई उपयोगमा ल्याएर रोजगारी सिर्जना गर्ने उद्देश्यले नेपालकै इतिहासमा पहिलो पटक दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको पहलमा ‘राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)