दश वर्षीय बालक हत्या आरोपमा एक जना पक्राउ
lokaantar.com

कैलाली । कैलालीमा दश वर्षीय बालक तनुज चौधरीको हत्या गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।
यही असार १२ गते धनगढी उपमहानगरपालिका–१७ स्थित कालिका सामुदायिक वनमा तनुज चौधरी मृत अवस्थामा फेला परेका थिए । उक्त घटनामा संलग्न रहेको आरोपमा गौरीगंगा नगरपालिका–६ का खगेन्द्र भन्ने खेमराज कठायतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)