अर्थ मन्त्रालयका दुई महत्त्वपूर्ण विभागमा नयाँ नेतृत्व
ratopati.com · Mon Jul 06 14:51:36 GMT 2026

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गत दुई महत्त्वपूर्ण विभागमा नयाँ नेतृत्व नियुक्त गरिएको छ ।
अर्थ मन्त्रालयले भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाललाई नियुक्त गरेको जनाएको छ । विभागका निमित्त महानिर्देशक भरतमणि पाण्डेयलाई भने अर्थ मन्त्रालयबाहिर सरुवा गरिएको छ। त्यस्तै, भन्सार विभागको उपमहानिर्देशकमा सहसचिव प्रेमप्रसाद आचार्यलाई नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)