बाढीपीडितलाई पठाउन लागिएको खाद्यान्न म्याद गुज्रेको फेला परेपछि सरकारले जारी गर्यो यस्तो अपिल
swasthyakhabar.com · Mon Sep 07 04:20:01 GMT 2026

काठमाडौं — भोटेकोशी बाढीपीडितलाई वितरण गर्न तयारी गरिएका राहत सामग्रीमा गम्भीर लापरबाही भेटिएको छ। विपद्मा परेकालाई सहयोगस्वरूप पठाउन लागिएका चामल, आटा, भुजा, चिप्सलगायत खाद्य सामग्री म्याद गुज्रिएको तथा उपभोगका लागि अयोग्य अवस्थामा भेटिएका हुन्।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौंस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको संयुक्त अनुगमन टोलीले काठमाडौंका विभिन्न पाँचवटा भण्डारण तथा अनुगमन स्थलमा गरेको आकस्मिक निरीक्षणका क्रममा यस्तो तथ्य बाहिर आएको हो। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको अनुगमनका क्रममा सरकारी निकायदेखि प्रहरी तालिम केन्द्रसम्मका भण्डारणस्थलमा म्याद गुज्रिएका खाद्य सामग्री फेला परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)