एनआईसी एशिया बैंकको मोबाइल एपबाट आईपीओ भर्न सकिने
ictsamachar.com · Sun Jul 25 13:12:00 GMT 2021
एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्ग एपमार्फत आईपीओ आवेदन सकिने सेवा सुरु गरेको छ ।
यस बैंकमार्फत डिम्याट खाता, बचत खाता तथा बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकले यस सेवाअनुसार आईपीओ खुलेका शेयर तथा डिबेञ्चरहरू आवेदन दिन सक्नेछन् ।
कोभिड–१९ महामारीको जोखिम कायम रहेका बेला ग्राहक महानुभावहरुलाई थप सहज एवं सरल बैंकिङ्ग सेवा दिनका लागि बैंकले हालसम्म भौतिक फारमबाट आईपीओ आवेदन लिँदै आएकोमा अबदेखि बैंकसम्म नपुगी एनआईसी एशिया मोबाइल बैंकबाट आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको हो ।
यस बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताले एप भित्र रहेको एप्लाइन सेयर आइकनमा ट्याप गरेर आवेदन दिन सकिन्छ । एप्लाइन सेयर अप्सनमा ट्याप गरेपश्चात् त्यसभित्र आईपिओ खुलेका कम्पनीहरूमध्ये आफूले चाहेको कम्पनी छनौट गरेर आवेदन दिनुपर्नेछ ।
त्यसपछि आफूले चाहेको कित्ता संख्या उल्लेख गर्ने र सो बाहेकको स्वचालित रुपमा देखिएको विवरण पक्का गरी कम्पनीको शर्त तथा नियम पालना गरेर सबमिट गरेपश्चात आवेदन पूरा हुनेछ ।
साथै, बैंकले आफ्नो वेबसाइट www.nicasiabank.com मा रहेको एप्लाइ नाओ आइकनमा ट्याप गरेरसमेत आइपीओ आवेदन दिन सकिने व्यवस्था गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)