भोजपुरमा डेँगी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
baahrakhari.com · Fri Jun 26 18:11:49 GMT 2026

भोजपुर । पहाडी जिल्ला भोजपुरमा डेँगी संक्रमण बढ्न नदिने उद्देश्यले ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । अभियानअन्तर्गत स्वास्थ्य कार्यालयको आयोजनमा आज भोजपुरमा पनि र्यालीसहितको सचेतना कार्यक्रम गरिएको हो ।
स्थानीयस्तरका नागरिकलाई रोगका बारेमा जानकारी दिने उद्देश्यका साथ डेँगी रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालनमा आएको स्वास्थ्य कार्यालय भोजपुरकी प्रमुख सृजना बनमालीले बताइन् । उनले भनिन्, “सचेतना अभियानअन्तर्गत डेँगीबारे जानकारी, बच्न अपनाउनुपर्ने उपायलगायत विषयमा नागरिकलाई जानकारी प्रदान गरिने छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)