टेरामक्स प्रकरणः पूर्वअध्यक्ष झासहित ३ जना दोषी, पूर्वसञ्चारमन्त्री बस्नेतसहितले पाए सफाई
techpana.com · Mon Jul 06 15:15:24 GMT 2026

काठमाडौं । टेरामक्स भ्रष्टाचार प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झासहित ३ जना दोषी ठहर भएका छन् । विशेष अदालतले झासहित प्राधिकरणका तत्कालीन सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको हो । यता, कांग्रेस नेता तथा पूर्वसञ्चारमन्त्री मोहन बहादुर बस्नेतसहित अन्यले भने अदालतबाट सफाइ पाएका छन् ।
अदालतले दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनालसहित कर्मचारीहरू अच्युतानन्द मिश्र, सुरेन्द्रलाल हाडा, विजयकुमार राय, रेवतीराम पन्थ, दिपेश आचार्य, दिपेश आचार्य, सुरेश बस्नेत, हिरण्यप्रसाद वस्ताकोटी र संदिप अधिकारीलाई सफाइ दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)