बालबालिकामा मानसिक समस्याको जोखिम
gorkhapatraonline.com · Mon Sep 07 04:44:53 GMT 2026

भोटेकोशी बाढीका प्रभावितको उद्धार र राहत कार्य जारी रहँदा बाढीबाट जोगिएका विद्यार्थीलाई मानसिक समस्या बढ्ने जोखिम देखिएको छ । यस्ता समस्याबाट जोगाउन तत्काल उनीहरूलाई विशेष परामर्श दिनुपर्ने विज्ञको सुझाव छ ।
बाढीमा परेर आफन्त तथा सहकर्मी गुमाएकामा यस्तो समस्याको जोखिम बढी देखिन सक्ने मनोविद्को बुझाइ छ । त्रिभुवन विश्वविद्यालयका मनोविज्ञान विषयका प्राध्यापक डा. गङ्गा पाठकले बाढीको असर परेका समुदायलाई तत्कालीन र दीर्घकालीन योजना बनाएर परामर्श दिनुपर्ने बताउनुभयो । अझै बालबालिका तहमा त झन् यस्तो समस्याको जोखिम धेरै हुन सक्ने भएकाले विद्यालय सञ्चालन गर्नुअघि र सञ्चालन गरेपछि पनि छुट्टाछुट्टै परामर्श दिनुपर्ने पाठकको सुझाव छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)