प्रधानमन्त्री राहत कोषका नाममा नक्कली क्यूआर कोडबाट ठगी धन्दा, सजग रहन प्रहरीको आग्रह
techpana.com · Thu Aug 27 07:56:17 GMT 2026

काठमाडौं । बुधबार भोटेकोशीमा आएको अप्रत्याशित बाढीपछि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ तथा ‘प्रधानमन्त्री राहत कोष’का नाममा गैरकानुनी रूपमा रकम असुली गर्ने गिरोह सक्रिय भएको भन्दै प्रहरीले सचेत बनाएको छ । बिहीबार एक सूचना जारी गर्दै प्रहरीले आधिकारिक माध्यबाट मात्र सहयोग गर्न अनुरोध गरेको हो ।
प्रहरीका अनुसार बुधबार आएको बाढीपछि उद्धार तथा राहतका नाममा सामाजिक सञ्जालमार्फत नक्कली क्यूआर कोड र व्यक्तिगत बैंक खाता/ई-वालेट प्रयोग गरी रकम माग्ने क्रम बढेको छ । “आधिकारिक माध्यमबाहेक अन्य कुनै पनि व्यक्तिगत वा अपरिचित खातामा राहत रकम जम्मा नगर्न अनुरोध गर्दछौं,” प्रहरीले भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)