नबिल म्युचुअल फण्डका योजनाहरूको लाभांश घोषणा, कुनका इकाइधनीले कति पाउँछन प्रतिफल ?
arthasansar.com · Mon Sep 07 04:45:18 GMT 2026

नबिल बैंक लिमिटेडको कोष प्रवद्र्धन तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित नबिल म्युचुअल फण्डअन्तर्गतका योजनाहरूले आर्थिक वर्ष २०८२/८३ को प्रतिफल घोषणा गरेका छन्।
योजना व्यवस्थापकको सञ्चालक समितिको १३१औं बैठकले नबिल ब्यालेन्स फण्ड–२ का इकाईधनीलाई ३.५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ। उक्त योजनाले प्रतिफलबापत कुल ३ करोड ९२ लाख रुपैयाँ वितरण गर्नेछ। त्यस्तै नबिल ब्यालेन्स फण्ड–३ ले इकाईधनीलाई २.५ प्रतिशत नगद प्रतिफल दिने भएको छ। यस योजनाले कुल ३ करोड १२ लाख ५० हजार रुपैयाँ नगद प्रतिफल वितरण गर्नेछ। यता नबिल फ्लेक्सी क्याप फण्ड र एनआई ३१ ले भने आर्थिक वर्ष २०८२/८३ का लागि कुनै लाभांश वितरण नगर्ने भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)