नेपालको आँखा स्वास्थ्य सेवामा फड्को : ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
nepalviews.com · Mon Jun 15 05:41:47 GMT 2026

काठमाडौं । नेपालमा आँखा स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयनमा ल्याइने भएको छ । सम्भवतः पहिलोपटक आँखा स्वास्थ्य सेवा क्षेत्रमा लागू गर्न लागिएको सो प्रणालीले नेपालमा आँखा स्वास्थ्य सेवालाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्द्धन गरी छिमेकी देशसहित अन्य देशका आँखाका बिरामीलाई नेपालमा उपचार गर्न आउन थप आकर्षित गर्न यसले कोसेढुङ्गाको काम गर्ने जनाइएको छ ।
नेपाल नेत्रज्योति सङ्घले आफूअन्तर्गत सञ्चालित अस्पताल, उपचार केन्द्र, बाह्य कार्यक्रममा समेत सो प्रणालीलाई कार्यान्वयनमा ल्याउने नीतिलाई सार्वजनिक गरेको छ । सङ्घका महासचिव भरतबहादुर चन्दले भने, “आँखा स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयनको तयारी गरिरहेका छौँ । यसबाट नेपालको आँखा स्वास्थ्य सेवाको गुणस्तरीयतालाई अन्तरराष्ट्रिय क्षेत्रमा थप पहिचान गराउन सहयोग पुग्नेछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)