हेलिकप्टर दुर्घटनामा अमेरिकी गायक ओलिभर ट्रीको निधन
ratopati.com · Mon Jun 15 05:46:26 GMT 2026

रियो दि जेनेरियो । अमेरिकी पप गायक ओलिभर ट्रीको निधन भएको छ । ब्राजिलमा भएको हेलिकप्टर दुर्घटनामा परेर ३२ वर्षीय गायकको निधन भएको हो । आइतबार बिहान दुई हेलिकोप्टर एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा विमानमा सवार सबै ६ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
दुर्घटना ब्राजिलको रियो दि जेनेरियो सहरको पश्चिमी क्षेत्र रेक्रेइओ दोस बान्देइरान्तेस माथि भएको थियो । ठोक्किएपछि हेलिकप्टरहरू एउटा विद्युतीय सवारी साधन बिक्री केन्द्रको पार्किङ क्षेत्रमा खसेका थिए, जसका कारण करिब २० वटा गाडीमा आगलागी भएको थियो । ब्राजिलका अधिकारीहरूका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ । हेलिकप्टरमध्ये एउटामा पाँच जना सवार थिए भने अर्कोमा पाइलट मात्रै थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)