मंगलबार लेखा समितिको बैठक बस्दै, राहदानी छपाइबारे छलफल होला ?
ratopati.com · Mon Jul 06 15:38:44 GMT 2026

काठमाडौँ । सार्वजनिक लेखा समितिको बैठक मंगलबार बस्ने तय भएको छ । बिहान ९ बजे बस्ने तय भएको बैठकमा राहदानी छपाइमा भएको अनियमितता प्रकरण र राहदानीको नयाँ प्रणालीबारे छलफल हुने आकलन गरिएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनाल र प्रधानमन्त्रीको सचिवालयका टिमको बिचमा नयाँ राहदानी जर्मन कम्पनीलाई छाप्न दिने कि नदिने भन्नेमा मतभेद भएको दाबी गरिएको थियो । परराष्ट्रमन्त्री र सचिवालयको बिचमा सहमति पछि राहदानी विभागले नयाँ प्रणाली सम्बन्धी सूचना जारी गरेर राहदानी छपाइको प्रक्रिया सुरु गर्ने जनाएको छ । असार २९ देखी विभागले नयाँ प्रणालीमार्फत राहदानी छपाई र वितरण गर्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)