नेपाली बलरहरूको घातक बलिङ, अमेरिका दयनीय स्थितिमा
kendrabindu.com · Fri May 22 10:24:16 GMT 2026
काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालको उत्कृष्ट बलिङसामु अमेरिका पूर्ण रूपमा दबाबमा परेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ३१८ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको अमेरिकाले २४.२ ओभरमा ९८ रन जोड्दा आफ्ना महत्वपूर्ण ७ विकेट गुमाइसकेको छ।
नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले कसिलो र घातक बलिङ गर्दै खेललाई पूर्ण रूपमा नेपालको पक्षमा पारेका छन्। उनले ७ ओभर बलिङ गर्दै मात्र २१ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिए। यस्तै, ललित राजवंशीले ६.२ ओभरमा २१ रन दिएर २ विकेट चट्काए भने सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीको नाममा १-१ विकेट रह्यो। गुल्सन झा र नन्दन यादवले विकेट लिन नसके पनि किफायती बलिङ गरेर अमेरिकी ब्याटरहरूलाई बाँधेर राखे।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)