एभरेष्ट अस्पताल: जब उत्सव रोकियो, मानवता अघि बढ्यो !
kendrabindu.com · Fri Aug 28 07:44:33 GMT 2026

काठमाडाैं । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले सिर्जना गरेको मानवीय तथा प्राकृतिक क्षतिले हामी सबैको मन गहिरो रूपमा विचलित बनाएको छ। विपत्तिले घर, सम्पत्ति र संरचना मात्र बगाएन। यसले मानिसका वर्षौंका श्रम, आशा र भविष्यका सपना समेत एकै छिनमा तहसनहस पारिदियो। यस्तो पीडाको समयमा उत्सवका रङहरूभन्दा पीडितका आँसु पुछ्ने हातहरू धेरै अर्थपूर्ण हुन्छन्।
यही संवेदनशील घडीमा एभरेष्ट अस्पताल महिला समूहले देखाएको मानवीय चेतना विशेष प्रशंसाको विषय बनेको छ। अस्पताल प्रशासनले तीज कार्यक्रमका लागि छुट्याएको करिब दुई लाख रुपैयाँ खर्च गरेर उत्सव मनाउनुको सट्टा उक्त रकम बाढी पीडितको सहयोगमा समर्पण गर्ने उहाँहरूको निर्णय केवल आर्थिक सहयोग होइन, सामाजिक उत्तरदायित्वको एउटा सुन्दर उदाहरण हो। आफ्नो खुसीका लागि छुट्याइएको रकम अरूको दुःखमा मलम बन्न सक्छ भन्ने सोच आफैंमा संस्कार, संवेदना र मानवीयताको उच्चतम अभिव्यक्ति हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)