चुमनुब्रीको थेराङ खोला बाढीपीडितका लागि हेलिकप्टरबाट राहत
corporatenepal.com · Mon Sep 07 05:05:01 GMT 2026

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–४, नाम्रुङमा थेराङ खोला बाढीबाट विस्थापित परिवारका लागि गृह मन्त्रालयले हेलिकप्टरमार्फत राहत सामग्री पठाएको छ। बाढीका कारण चार घरमा क्षति पुगेको थियो भने मनास्लु पदमार्गमा रहेका केही पुलसमेत बगेका छन्।
बाढी प्रभावित परिवारलाई टेन्ट, म्याट्रेस, कम्बल, त्रिपाल, स्लीपिङ ब्यागलगायत आवश्यक सामग्री हेलिकप्टरबाट लगेर वितरण गरिएको पर्यटन व्यवसायी तथा चुमनुब्री गाउँपालिकाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति धावा ग्याल्जेन लामाले जानकारी दिए। उनका अनुसार बाढीका कारण खानेपानीका मुहान प्रदूषित भएपछि स्थानीयमा खानेपानीको समस्या देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)