बाढी प्रभावितलाई कुमारी बैंकको तीन करोड ३९ लाख सहयोग
baahrakhari.com · Thu Aug 27 07:59:38 GMT 2026

काठमाडौं । कुमारी बैंकले हाल देशका विभिन्न जिल्लामा आएको बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार र पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले तीन करोड रुपैयाँ आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।
साथै, विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन करिब ३९ लाख रुपैयाँबराबरको पाँच अत्याधुनिक एआईजडित निगरानी ड्रोन, तीनवटा पाँच केभीए क्षमताका पोर्टेबल जेनेरेटर तथा १०० पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका निम्ति पठाइएको बैंकले जनाएको ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)