टेम्पो भीरबाट खसालिएको घटनाप्रति हर्क साम्पाङको आपत्ति, दोषीमाथि कारवाहीको माग
kendrabindu.com · Mon Jun 15 06:05:47 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले कैलालीमा एक टेम्पोलाई भीरबाट खसालिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोप्रति ध्यानाकर्षण गराउँदै एक गरिब टेम्पो चालकको सवारीसाधन वन प्रहरीको उपस्थितिमा भीरबाट गुल्ट्याइएको दृश्यले आफूहरू मर्माहत भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)