प्रधानमन्त्रीको ‘देश बनाउने टीम’ को तस्बिरमा नेकपाको व्यंग्य
nepalpress.com · Mon Jun 15 06:10:15 GMT 2026

काठमाडौं । नेकपा प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन शाहलाई व्यङ्ग्य गरेका छन्। हिजो प्रधानमन्त्री शाहले देश बनाउने टीम भन्दै गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको फोटो फेसबुकमा राखेका थिए ।
त्यस प्रसङ्गलाई लक्षित गर्दै उनले भने, ‘प्रधानमन्त्रीले आफ्नो बिदा पनि मनाइसक्नुभएको छ। देश बनाउने उहाँको ३ जनाको जम्बो टोली पनि उहाँले घोषणा गरिसक्नुभएको छ। अब पक्कै पनि प्रधानमन्त्रीलाई केही फुर्सद पनि भयो होला । यो सदनमा आएर जनताका जल्दाबल्दा समस्याको जवाफ दिनुहुन्छ भन्ने अपेक्षा गरेका छौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)