महिलाको सक्रियतामा तरकारीखेती
reportersnepal.com · Mon Sep 07 05:22:16 GMT 2026

बागलुङ, २२ भदौ । बागलुङ नगरपालिकाले ग्रामीण वडामा सञ्चालन गरेको ‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमले स्थानीय महिला तरकारीखेतीमा अग्रसर भएका छन्।
बागलुङ नगरपालिकाका विभिन्न वडामा सञ्चालित ‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमअन्तर्गत महिलाले ११२ रोपनी जग्गामा प्लाष्टिक टनेल तथा खुला जग्गामा तरकारी उत्पादन गर्न थालेका छन्। उनीहरूले गत आर्थिक वर्षमा ३० लाख रुपैयाँको तरकारी उत्पादन गरी बजारीकरण गर्न सफल भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)