बालपोषण भत्ता मासिक एक हजार रुपैयाँ पुर्याइने
nepalnews.com · Mon Jul 06 15:59:25 GMT 2026

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि बालपोषण भत्ता वृद्धि गर्दै मासिक एक हजार रुपैयाँ पुर्याउने भएको छ। बालबालिकाको पोषण अवस्था सुधार गर्ने तथा कुपोषण न्यूनीकरणलाई प्रभावकारी बनाउने उद्देश्यसहित भत्ता रकम बढाउने व्यवस्था गरिएको हो।
महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार हाल मानव विकास सूचकांकमा पछाडि रहेका २५ जिल्लाका सबै बालबालिका तथा देशभरका दलित बालबालिकालाई मासिक ५३२ रुपैयाँका दरले उपलब्ध गराइँदै आएको बालपोषण भत्ता आगामी आर्थिक वर्षदेखि एक हजार रुपैयाँ प्रदान गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)