गृह मन्त्रालयले नाम्रुङमा हेलिकप्टरमार्फत पठायो राहत
nepalnews.com · Mon Sep 07 05:31:28 GMT 2026

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङमा थेराङ खोलामा आएको बाढीबाट विस्थापित तथा प्रभावित परिवारका लागि गृह मन्त्रालयले हेलिकप्टरमार्फत राहत सामग्री पठाएको छ।
बाढीले चार घरमा क्षति पुर्याउनुका साथै मनास्लु पदमार्गका पुलहरू बगाएपछि प्रभावित परिवारका लागि टेन्ट, म्याट्रेस, कम्बल, त्रिपाल, स्लीपिङ ब्याग, ब्लाङ्केटलगायत सामग्री पठाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)