भ्रामक पोस्टले पुर्याउला जेलमा !
annapurnapost.com · Tue Sep 08 06:32:00 GMT 2026

काठमाडौं : काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बु बस्दै आएका बैतडी सुर्नया गाउँपालिका–७ का २४ वर्षीय वीरेन्द्र मडै आइतबार पक्राउ परेका छन्। उनलाई साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
मडैले भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिबारे विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमान गर्ने तथा विपत्तिमा खुसी व्यक्त गर्ने खालका भिडियो सामग्री बनाएर सामाजिक सञ्जाल फेसबुकको ‘रिल’ मा प्रसारण गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)