सरकारलाई एमालेको अनुरोध : गिरिबन्धु र वाइडबडी र ओम्नीको फाइल खोलियोस्
himalpress.com · Mon Jun 15 06:21:26 GMT 2026

काठमाडौँ- नेकपा एमालेकी नेत्रृ पद्मा अर्यालले एमालेको सरकार जोडिएका सबै प्रकरणको फाइल खोल्न अनुरोध गरेकी छन्। एमालेसँग जोडिएका गिरीबन्धु टीस्टेट, ओम्नी, वाइडबडीको अनुसन्धान गर्न उनले प्रतिनिधिसभामार्फत अनुरोध गरेकी हुन्। यसअघि बजेटको विषयमा प्रश्न गर्दा अर्थमन्त्री डा.स्वर्णीम वाग्लेले अन्य दलको पनि फाइल खुल्ने बताएका थिए। जसको जबाफ स्वरूप अर्यालले आज धम्क्याउने नभई फाइल खोलेर देखाउन चुनौती दिएकी हुन्।
प्रतिनिधि सभाको बैठकमा अर्यालले भनिन्, ‘उहाँले फाइल खोल्ने धम्की कसलाई दिनुभएको छ रु टी स्टेटको फाइल एक नम्बरमा खोलियोस् । त्यसपछि विपक्षीसँग जोडिएका ओम्नी, वाइडबडीको फाइल खोलियोस् । साँच्चै कुरा के हो बाहिर ल्याइयोस् ।’
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)