धनुषाबाट २ सय ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
ratopati.com · Mon Sep 07 05:38:02 GMT 2026

काठमाडौँ । प्रहरीले धनुषाको महेन्द्रनगरबाट खैरो हेरोइन सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक सञ्जितकुमार राम र धनुषा घर भएका राकेश राम छन् ।
लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो । उनीहरूको साथबाट २ सय ग्राम खैरो हेरोइन बरामद गरिएको ब्युरोका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)