ब्राउन सुगरसहित युवक पक्राउ
annapurnapost.com · Mon Sep 07 05:32:09 GMT 2026

झापा : सशस्त्र प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-९ स्थित लखीवारी निवासी १९ वर्षीय जनक माझी रहेका छन् ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट मेचीपारिबाट खटिएको टोलीले आइतबार दिउँसो ४ :१० बजे भद्रपुर नगरपालिका–३ स्थित झोलुङ्गे पुल क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री माझीलाई शंका लागि चेकजाँच गर्ने गर्दा १६ ग्राम ब्राउन सुगर,नेपाली नगद ७१० तथा १ थान नेपाली नागरिकता फेला परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)