पूर्वप्रधानमन्त्री प्रचण्ड र माधव नेपाल बाढी प्रभावित क्षेत्रमा जाने
ratopati.com · Mon Sep 07 05:44:01 GMT 2026

काठमाडौँ । पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जाने तयारी गरेका छन् । पार्टीको केन्द्रीय संयोजन समितिको आइतबार बसेको बैठकमा अधिकांश नेताहरूले विपद्को बेला पार्टी नेतृत्व फिल्डमा देखिनुपर्ने सुझावको आधारमा प्रचण्ड र नेपाल प्रभावित क्षेत्र जाने तयारी गरेका हुन् ।
भदौ १० गते आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठुलो जनधनको क्षति पुगेको थियो । बाढीले ठुलो विनाश निम्त्याएसँग नेकपाले केन्द्रीय संयोजन समितिको आकस्मिक बैठक बोलाएर खोजी, उद्धार र राहत वितरणमा खटिने सिङ्गो पार्टी पङ्क्तिलाई निर्देशन दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)