यी नदीमा छ आज बाढीको जोखिम, सतर्क रहन आग्रह
nepalsamaya.com · Mon Sep 07 05:49:45 GMT 2026

काठमाडौं- देशका प्रमुख नदीहरूमा आगामी तीन दिन बहाव बढ्ने पूर्वानुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचनाअनुसार कोशी, नारायणी, कर्णाली र महाकालीका प्रमुख सहायक नदीमा बहाव उल्लेख्य बढ्ने देखिएको छ।
महाशाखाका अनुसार आज कोशी नदीअन्तर्गत सप्तकोशी चतरा, तमोर त्रिवेणी, अरुण सिम्ले र दूधकोशी रुकुमबजार क्षेत्रमा बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ। ती नदीमा भोलि र पर्सि पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)