पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
rajdhanidaily.com · Mon Sep 07 05:54:49 GMT 2026

पाल्पा । यहाँका २५५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । चालु आर्थिक वर्ष २०८३/०८४ को साउन र भदौ महिनामा पाल्पा जिल्लामा २५५ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसुदन भट्टराईले जानकारी दिए।
पछिल्ला वर्षमा यहाँ डेंगु संक्रमणको अवस्था उतारचढावपूर्ण देखिए पनि संक्रमण सङ्ख्या उल्लेख्य छ । आर्थिक वर्ष २०८२/०८३ मा ४३२, २०८१/०८२ मा पाँच ५१०, २०८०/०८१ मा ६८६, २०७९/०८० मा २५० र २०७८/०७९ मा २४ जनामा डेङ्गु संक्रमण पुष्टि भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)