बड्डीचौर-खम्बागाडे सडक निर्माण नहुँदा नागरिकलाई सास्ती
ratopati.com · Fri May 22 11:13:05 GMT 2026

सुर्खेत । सुर्खेत पश्चिमका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका जोड्ने बड्डीचौर-बिउरेनी-खम्बागाडे सडक निर्माण नहुँदा नागरिकलाई सास्ती हुँदै आएको छ । करिब चार वर्षसम्म सडक नबन्दा पश्चिम सुर्खेतका तीन पालिकाका ७५ हजारभन्दा बढी नागरिकले सास्तीपूर्ण यात्रा गर्दै आएका छन् ।
उक्त सडक निर्माणको जिम्मा लिएको अनक/जयदेवी जेभी निर्माण सेवाले चार वर्ष लाग्दासमेत निर्माणमा ढिलाइ गरेपछि नागरिकले हिउँदमा धुलो र वर्षामा हिलोमा हिँड्नुपर्ने बाध्यता छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)