बाजुरा–हुम्ला सीमा विवाद क्षेत्र तस्करहरूको ‘ट्रान्जिट प्वाइन्ट’ हो’
ratopati.com · Fri May 22 11:15:00 GMT 2026

यतिखेर बाजुरा र हुम्ला जिल्लाबिच सीमा विवादको विषय उत्कर्षमा पुगेको छ । गत जेठ ३ गते बाजुराको लाम्पाटामा प्रहरी चौकी निर्माणका लागि काम गर्ने मजदुरहरूमाथि कुटपिट भयो । घाइते मजदुरलाई हेलिकप्टरबाट उद्धार गरियो । बाजुराको रानीसैन भ्रमणका लागि धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालसहितको टोली र बाजुराको हिमाली गाउँपालिकाबाट हिँडेको ३५ जनाको संयुक्त टोलीलाई हुम्लाबासीले लखेटे ।
करिब ४ घण्टा टाढाबाट आएका हुम्लाबासीले बाजुराको लाम्पाटाबासीको घरमा पसेर कुटपिट गरे । प्रतिकारमा बाजुरेलीले आफ्नो भूगोलमा व्यवसाय गर्दै आएका हुम्ली व्यापारीको पसल बन्द गराए । हुम्ला जाने यातायात अवरुद्ध पारे । स्थानीयस्तरमा यो विवादले ठुलो द्वन्द्व सिर्जना गर्यो । संसदमा पनि यसबारे आवाज उठ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)