रवि लामिछाने र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?
ajakoartha.com · Mon Sep 07 05:54:00 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोबीच आज टेलिफोन वार्ता भएको छ ।
टेलिफोन वार्ताका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गर्दै नेपाली जनता तथा सरकारप्रति ऐक्यबद्धता जनाएको रास्वपाले जनाएको छ । सभापति लामिछानेले सो अवसरमा नेपाल सरकारको जारी खोजी, उद्धार तथा राहत वितरणका काममा पार्टीका तर्फबाट अधिकतम प्रयास भइरहेको बताएका थिए । साथै उनले विदेशमन्त्री रुबियोलाई हालै यहाँ आएको बाढीबाट प्रभावित विदेशी नागरिकहरूको सुरक्षा तथा संरक्षणका लागि नेपाल प्रतिबद्ध रहेको विश्वास दिलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)