गण्डकीमा १३७ जना सम्पर्कविहीन, पोखरामा १०२ शव व्यवस्थापन
gorkhapatraonline.com · Fri Aug 28 07:49:42 GMT 2026

रसुवा हुँदै बुधबार आएको आकस्मिक बाढीको प्रभावबाट गण्डकी प्रदेश पनि अछुतो रहेन । गण्डकीका ११ मध्ये नौ जिल्लाका एक सय ३७ जना बाढीपछि सम्पर्कविहीन छन् । यो तथ्याङ्क शुक्रबार दिउँसोसम्म जिल्ला प्रशासन कार्यालयहरूमा संकलन हो । बाढीमा कसैको ज्यान गुमेको भन्नेबारे अहिलेसम्म पुष्टि भएको छैन ।
अहिलेसम्म मनाङ र मुस्ताङका प्रशासनमा कसैले पनि आफन्त सम्पर्कबाहिर भएको विवरण टिपाएका छैनन् । मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले केही सम्पर्कमा नभएको भए जानकारी दिन सूचना जारी गरिएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)