ताप्लेजुङमा अलैँची महोत्सव हुने
nepalnews.com · Mon Jun 15 06:45:01 GMT 2026

फुङ्लिङ। अलैँची प्रवर्द्धन गर्ने उद्देश्यले ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा १२ र १३ असारमा प्रदेशस्तरीय अलैँची महोत्सवको आयोजना हुने भएको छ।
ताप्लेजुङमा पहिलोपटक उक्त महोत्सव हुन लागेको महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङ्बुहाङले बताए। आठराई त्रिवेणी गाउँपालिका र कृषि ज्ञान केन्द्र ताप्लेजुङको आर्थिक सहयोगमा हुन लागेको सो महोत्सवमा अलैँचीका बोटबिरुवा तथा फल प्रदर्शनी, अलैँचीबाट उत्पादन हुने खाद्य पदार्थ र स्थानीय उत्कृष्ट अलैँची बगान तथा कमजोर अलैँची बगानको प्रदर्शनी र अवलोकनलगायतका गतिविधि हुने आयोजकले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)