आईटीयूको अन्तर्राष्ट्रिय रोबोटिक्स फाइनलमा प्रतिस्पर्धा गर्न नेपाली टोली स्विट्जरल्यान्ड प्रस्थान
techpana.com · Mon Jul 06 16:43:50 GMT 2026

काठमाडौं । नेपालका जुनियर तथा सिनियर राष्ट्रिय रोबोटिक्स टोली संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) ले आयोजना गर्ने 'AI for Good – Robotics for Good Youth Challenge 2026' को अन्तर्राष्ट्रिय फाइनलमा सहभागी हुन स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेका छन् ।
रोबोटिक्स एसोसिएसन अफ नेपाल (RAN) को नेतृत्वमा सहभागी हुने दुवै टोलीले जुलाई ७ देखि ११ सम्म सञ्चालन हुने प्रतियोगितामा विश्वका उत्कृष्ट युवा रोबोटिक्स टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । नेपालले यस प्रतियोगितामा जुनियर र सिनियर दुवै विधामा सहभागिता जनाउनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)