पोर्चुगलको तीन सहरमा घुम्ती शिविर सञ्चालन हुँदै
ratopati.com · Fri May 22 11:33:57 GMT 2026

काठमाडाैँ । लिस्बनस्थित नेपाली दूतावासले पोर्चुगलको कोइम्ब्रा, मदेइरा र अजोरेसमा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । राजधानी लिस्बनदेखि टाढा बसोबास गर्ने नेपालीलाई लक्षित गरी तीनवटा सहरमा घुम्ती सेवा सञ्चालन गर्न लागेको दूतावासले जनाएको छ।
दूतावासका प्रथम सचिव रामबाबु नेपालका अनुसार कोइम्ब्राको मरिन्हा दास ओन्दासमा यही जेठ ९ र १० गते, मदेइराको फुन्चालमा जेठ २२ र २३ गते र अजोरेसको पोन्टा डेलगाडामा आगामी असार ६ र ७ गते शिविर सञ्चालन हुने कार्यक्रम छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)