नेपाल चिकित्सक संघ सुर्खेत शाखाको अध्यक्षमा डा. केएन पौडेल
swasthyakhabar.com · Mon Sep 07 06:15:46 GMT 2026

सुर्खेत- नेपाल चिकित्सक संघ सुर्खेत शाखाको अध्यक्ष पदको जिम्मेवारी डा. केएन पौडेलले सम्हालेका छन्। नयाँ जिम्मेवारी प्राप्त गरेसँगै डा. पौडेलले चिकित्सकहरूको पेसागत हकहित संरक्षणका साथै कर्णाली प्रदेशको समग्र स्वास्थ्य सेवा प्रणालीलाई थप सुदृढ र प्रभावकारी बनाउन आफ्नो कार्यकाल केन्द्रित हुने बताएका छन्।
डा. पौडेलले चिकित्सकहरूबीचको आपसी एकता, निरन्तर सहकार्य र विश्वासको वातावरणलाई मजबुत बनाउँदै चिकित्सकीय पेसाको गरिमा र साख उच्च राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कर्णालीका दूरदराजसम्म स्वास्थ्य सेवालाई सर्वसुलभ, प्रभावकारी र पूर्ण रूपमा सेवामुखी बनाउन आफूले अभिभावकीय तथा समन्वयकारी भूमिका निर्वाह गर्ने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)