भदौ २६ मा आउने फिल्म ‘अक्षरा’ को तीज गीत छायांकन
kalakarmi.com · Mon Jun 15 07:47:33 GMT 2026

काठमाडौं- निर्देशक विनयराज पौडेलको डेब्यु निर्देशन रहेको फिल्म ‘अक्षरा’ को तिज गीत ‘नाँचौं न बरि लै’ को छायांकन गरिएको छ । काठमाडौंको गोकर्णस्थित उत्तरबाहिनी मन्दिरमा सोमवार गीतको छायांकन गरिएको हो । छायांकनकै लागि मन्दिरलाई आकर्षक रूपमा सजाइएको थियो ।
गीतमा समीक्षा अधिकारीको स्वर, कर्णराज गिरीको संगीत र सुरेन्द्र राणाको शब्द छ । स्टुडियो तासमा रेकर्ड गरिएको गीतमा विजेश्वर राज तण्डुकारको एरेन्ज मिक्सिङ मास्टरिङ छ । गीतमा फिल्मका प्रमुख कलाकार रिस्ता बस्नेत, न्यान्सी खड्का र सुशील सिटौलाको अभिनय छ। उनीहरूलाई कोरियोग्राफर रामजी लामिछानेले नचाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)