मिटरब्याज कारोबारको आरोपमा मलेसियामा दुई नेपाली पक्राउ
bishowkhabar.com · Mon Sep 07 07:02:11 GMT 2026

काठमाडौं-मलेसिया प्रहरीले नेपाली श्रमिकको एटिएम कार्ड कब्जा गरी मिटरब्याजको कारोबार गरेको आरोपमा दुई नेपालीलाई पक्राउ गरेको छ । मलेसियाको सरकारी सञ्चारमाध्यम बर्नामाका अनुसार तेलुक इन्तानमा त्यहाँको प्रहरीले ‘भल्चर कोड’ नामको अपरेसन सञ्चालन गर्दा रकम सापटी दिएर सम्बन्धित श्रमिकको एटिएम कार्ड कब्जा गरेको आरोपमा दुई जना नेपालीलाई पक्राउ गरेको हो ।
हिलिर पेराकका प्रहरी प्रमुख एसिपी चुआ कोक लियानले मे बैंकबाट अरूको एटिएम कार्ड प्रयोग गरी रकम निकाल्दै गरेको अवस्थामा वाणिज्य अपराध अनुसन्धान महाशाखाले उनीहरूलाई पक्राउ गरेको बताए । उनीहरूको साथबाट अन्य व्यक्तिका दुईवटा एटिएम कार्ड र ३ सय रिंगेट बरामद भएको मलेसिया प्रहरीले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)