कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ
canadanepal.com · Mon Sep 07 07:08:55 GMT 2026

कपिलवस्तु - जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २१ गतेसम्म लागुऔषधसम्बन्धी ११ मुद्दा दर्ता गर्दै १९ जनालाई पक्राउ गरेको छ।
सीमा नाकाबाट पैदल हिँडेर तथा शरीरमा लागुऔषध बाँधेर ओसारपसार गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा १३ पुरुष र छ महिला नेपाली नागरिक छन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)