प्रेस युनियन अध्यक्षमा फुरुम्बो
hamrakura.com · Sun Sep 06 00:00:00 GMT 2026

ताप्लेजुङ। नेपाल प्रेस युनियन ताप्लेजुङ अध्यक्षमा कृष्ण फुरुम्बो चयन भएका छन् । शनिबार सम्पन्न युनियनको छैटौँ जिल्ला अधिवेशनले फुरुम्बोको नेतृत्वमा नयाँ ११ नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा तरुण भारती, महिला उपाध्यक्षमा रञ्जना गुरुङ, सचिवमा विक्रम लाम्गादे, सहसचिवमा किरण भट्टराई र कोषाध्यक्षमा सौगात विष्ट चयन भएको निर्वाचन समितिका संयोजक धर्मप्रसाद पौडेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)