पूर्वाधारमन्त्री लम्सालको अराजक अभिव्यक्ति : ठेकेदारले काम नगरे ‘खुट्टा भाँच्ने’
arthasansar.com

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निकै अराजक अभिव्यक्ति दिएका छन् । मन्त्री लम्सालले नौबिसे–मलेखु सडकखण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएको ठेकेदारविरुद्ध अराजक अभिव्यक्ति दिएका हुन् ।
आइतबार पृथ्वी रागमार्ज अन्तर्गतको नौबिसे–मलेखु सडकखण्ड अनुगमन गर्ने क्रममा मन्त्री लम्सालले ठेकेदारको ‘खुट्टा भाँच्ने’सम्मको अभिव्यक्ति दिएका हुन् । मन्त्री लम्सालको सो अभिव्यक्तिको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । ‘जो यो पोलवाला हो नि बिजुलीको पोल, त्यो कन्ट्याक्टरलाई कहाँ छ खोजेर ल्याउनू, तेल्लाई पनि यहीँ राख्नू । घर पठाउने हैन । फेरि काम गरेन भने खुट्टा भाँच्दिनू, मतलब भएन,’ लम्सालले भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)