डल्ले खुर्सानीमा मापदण्डभन्दा बढी विषादी
ratopati.com · Mon Sep 07 07:31:40 GMT 2026

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको डल्ले खुर्सानीमा अत्यधिक मात्रामा विषादीको फेला परेको छ । केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई, कालीमाटीले गरेको परीक्षणका क्रममा डल्ले खुर्सानीमा मानव स्वास्थ्यका लागि जोखिमपूर्ण मानिने विषादीको मात्रा उच्च पाइएको हो ।
प्रयोगशालाले भदौ २२ गते जारी गरेको परीक्षण प्रतिवेदन अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट बिक्रेता दीपक रतन शाक्यमार्फत कालीमाटी बजारमा ल्याइएको डल्ले खुर्सानीमा कार्बामेट २.३४७६ र अर्गानोफस्फेट समूहको विषादी ४०.५८०५ प्रतिशत सम्म भेटिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)