७ वर्षदेखि अख्तियार प्रमुख राईको सुरक्षार्थ खटिएका पीएसओ प्रहरी हेडक्वार्टर तानिए
nepalpress.com · Mon Jun 15 08:32:18 GMT 2026

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ‘विवादास्पद’ ११ वरिष्ठ सईको सरुवाका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको निजी सुरक्षा अधिकृत (पीएसओ) का रुपमा कार्यरत वरिष्ठ सईलाई पनि सरुवा गरेको छ । उनी सात वर्षदेखि राईको सुरक्षार्थ खटिएका थिए ।
वरिष्ठ सई राई प्रमुख आयुक्त राई गृह मन्त्रालयमा सचिव हुँदादेखि नै पिएसओको जिम्मेवारीमा थिए । शुक्रबारको सरुवामा उनलाई अख्तियारबाट नेपाल प्रहरी प्रधान कार्यालयको कार्य विभागअन्तर्गत अंगरक्षक गण (पीएसओ) मा दरबन्दी कायम गरिएको छ । शुक्रबार सरुवा निस्किए पनि सोमबार दिउँसोसम्म प्रमुख आयुक्त राईको पिएसओका रुपमा उनै वरिष्ठ सई कार्यरत छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)