‘पार्वती’को पहिलो साताको आम्दानी १ करोड ५८ लाख
ratopati.com · Mon Sep 07 07:53:06 GMT 2026

काठमाडौं । फिल्म ‘पार्वती’ले बक्सअफिसमा पहिलो साता डेढ करोड बढी कमाई गरेको छ । चलचित्र विकास बोर्डले भदौ २१ गते आइतबार राति ११ः५९ सम्मको ब्यवसायलाई लिएर सोमबार सार्वजनिक गरेको बक्सअफिस रिपोर्टमा फिल्मको आम्दानी १ करोड ५८ लाख ८४ हजार १३७ भएको उल्लेख छ ।
यो अवधिमा फिल्मलाई ५४ हजार ७३५ जनाले हेरेका छन् । अभिनेत्री नीता ढुंगानाको निर्देशन रहेको फिल्म ‘पार्वती’ अटिजम भएकी एक महिला पात्रको कथालाई केन्द्रमा राखेर बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)