वृद्धवृद्धालाई बन्धक बनाई डाँका गर्ने गिरोहसहित ७ जना पक्राउ
arthasansar.com · Mon Sep 07 07:52:14 GMT 2026

रामेछापको खाँडादेवी गाउँपालिका र सुनापती गाउँपालिकामा वृद्धवृद्धालाई बन्धक बनाई चोरी गर्ने तथा वृद्ध भत्ता रकम लुटपाट गर्ने घटनामा संलग्न कुल ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भदौ १८ गते राति करिब १२ बजेको समयमा खाँडादेवी–२ मझुवा नेवारटोलका ८५ वर्षीय बखतमान लामा र उनकी ८६ वर्षीया श्रीमती कान्छी माया तामाङलाई लुटपाट गर्नेहरुलाई पक्राउ गरेको हो ।
तामाङ दम्पति सुतिरहेको अवस्थामा घरको ढोका फुटाई भित्र पसेको नकावधारी टोलीले उनीहरूलाई प्लाष्टिकको टेपले हात बाँधी, मुख थुनी, आँखामा पट्टी बाँधेर ज्यान मार्ने धम्की दिँदै गरगहना र नगद लुटपाट गरी फरार भएको थियो । उक्त घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले भदौ २० गते भक्तपुरका विभिन्न स्थानबाट डाँका चोरीका सामान, नगद र प्रयोग गरिएका सवारी साधनसहित ५ जनालाई पक्राउ गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)