कृष्णभिरमा सडक पूर्णरुपमा निर्माण हुन अझै समय लाग्ने
annapurnapost.com · Mon Sep 07 07:50:52 GMT 2026

काठमाडौं : धादिङको बेनीघाट रोराङ गाउँपालिका- ७ पृथ्बी राजमार्गको कृष्णभिरमा भासिएको सडक पूर्ण रुपमा निर्माण हुन अझै केहि समय लाग्ने भएको छ। त्रिशुली नदिमा आएको बाढीको कटानका कारण भाद्र १४ गते सडक भासिएपनि कृष्णभीरमा सडक अवरुद्ध भएको छ।
उक्त स्थानको साईडवाट भित्ता काटेर सडक निर्माण गर्ने काम भई रहेको छ। काठमाडौं आउने मुख्य राजमार्ग अवरुद्ध भएपछि यात्रुबहाक यातायातका साथै अत्यावश्यक सामाग्रीको ढूवानी प्रभावित भएको छ। उक्त सडकखण्ड छिटो निर्माणको लागि सम्पुर्ण प्राविधिकहरू लागि परेको सडक बिभागका महानिर्देशक विजय जैसीले बताए। उनले जोखिम मोलेरै भए पनि भूगर्भविद् तथा इन्जिनियरहरूको परामर्शमा सडक खुलाउने काम भइरहेको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)