झापाबाट २२ हात्ती भारत तर्फ
barnanmedia.com · Mon Sep 07 08:10:17 GMT 2026

विगत एक महिनादेखि जिल्लाका विभिन्न सामुदायिक वनमा डेरा जमाएर बसेका २२ वटा हात्तीको समूह आज बिहान भारततर्फ फर्किएको हात्ती अभियान्ता शङ्कर लुईटेलले जानकारी दिनुभयो ।
बच्चासहितको उक्त हात्तीको हुलले बाहुनडाँगी, शान्तिनगर लगायतका आसपासका क्षेत्रमा दैनिकजसो उपद्रव गर्दै आएको थियो । हात्तीले स्थानीय बासिन्दाका घर भत्काउने, खेतमा लहलह भएको धान खाइदिने, कुल्चिएर नष्ट गर्ने, सुपारीका बोट भाँचिदिन गरेपछि झापाका उत्तरी–पूर्वी क्षेत्रका बासिन्दा लामो समयदेखि त्रास र तनावमा जीवन बिताउन बाध्य थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)