५० करोड सब्सक्राइबर पार गर्दै मिस्टर बिस्ट बने पहिलो युट्युबर
ictsamachar.com

काठमाडौं । मिस्टर बिस्ट (Mr. Beast) नामले चर्चित जिमी डोनाल्डसनले युट्युबमा यस्तो रेकर्ड बनाएका छन्, जुन हासिल गर्नु हरेक कन्टेन्ट क्रिएटरको सपना हुन्छ । मिस्टर बिस्ट अब ५० करोड सब्सक्राइबरको आँकडा पार गर्ने संसारका पहिलो युट्युबर बनेका छन् । यस उपलब्धिसँगै उनले युट्युबको इतिहासमा आफ्नो नाम दर्ज गराएका छन् ।
यो उपलब्धि त्यसकारण पनि विशेष छ किनभने दुई वर्षभन्दा पनि कम समयअघि मिस्टर बिस्ट युट्युबका सबैभन्दा धेरै सब्सक्राइबर भएका क्रिएटर बनेका थिए । उनले लामो समयसम्म नम्बर १ रहेका प्यु़डिपाइलाई पछि पारेका थिए । त्यसपछि उनले भारतको लोकप्रिय च्यानल टी-सीरीजलाई पनि क्रिएटर र्याङ्किङमा उछिनेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)