योग, ध्यान र शान्तिको केन्द्र बन्दै कैलाश-मानसरोवर, नेपालले गर्दै विशेष कार्यक्रम
kalakarmi.com · Mon Jun 15 08:55:31 GMT 2026

काठमाडौं- विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपालले यस वर्षको १२औँ अन्तर्राष्ट्रिय योग दिवस पवित्र तीर्थस्थल कैलाश-मानसरोवर क्षेत्रमा मनाउने भएको छ । संस्थाले सोमवार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो ।
विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजका अनुसार नेपालबाट शान्ति, ध्यान र प्रेमको सन्देश विश्वभर फैलाउने उद्देश्यका साथ पहिलो पटक कैलाश–मानसरोवर क्षेत्रमा अन्तर्राष्ट्रिय योग दिवस आयोजना गर्न लागिएको हो । कार्यक्रम आगामी असार ७ गते आयोजना हुनेछ । संस्थाले विगत एक दशकदेखि निःशुल्क योग, ब्रह्ममुहूर्त ध्यान, वैदिक शिक्षा, आत्मसाक्षात्कार तथा मानव चेतना विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)